
दाङको देउखुरीमा अवैध सालको काठसहित सोमवार २ जनालाई पक्राउ गरिएको छ ।
राप्ती गाउँपालिका–९ देवीकोटबाट रा१त २३५१ नम्बरको ट्रयाक्टरमा बजार लैजाँदै गरिएको ३१ थान (३१.४९क्युफिट) सालको काठसहित उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा राप्ती– ९ निवासी २२ वर्षीय जफर मियाँ र १९ वर्षीय मोहम्मद सरोज मियाँ रहेको डिभिजन वन कार्यालय देउखुरी दाङका सूचना अधिकारी प्रेमिलालप्रसाद साहले जानकारी दिए ।
काठ बोकेको ट्रयाक्टर र दुवै जनालाई वन कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेको बताइएको छ ।