ललितपुर, जेठ २–उपत्यकामा माओवादी केन्द्रले खाता खोलेको छ । ललितपुरको कोन्ज्योसोम गाउँपालिकाकामा माओवादी केन्द्रका गोपीलाल स्याङतान विजयी भएका हुन् ।
यस्तै उपप्रमुखमा माओवादी केन्द्रकै निङ्मा लामा विजयी भएका छन् ।
यस्तै बडा नम्बर १ मा माओवादीका सन्तलाल लामा, २ मा माओवादीकै धु्रब घिमिरे विजयी भएका छन् ।
यस्तै तीनमा नेकाका तिलक लामा, ४ मा कांग्रेसका तीर्थ घलान र ५ मा माओवादीका सुनिन्द्र तामाङ विजयी भएका छन् ।