१९ असार २०८३, शुक्रबार

प्रधान सेनापति क्षत्री अमेरिका जाँदै

कात्तिक २०, २०७४
  प्रधान सेनापति क्षत्री अमेरिका जाँदै

काठमाडौं, २ जेठ — नेपाल सरकारको निर्णय बमोजिम प्रधान सेनापति राजेन्द्र क्षत्री बुधवार अमेरिका जाँदैछन् ।

अमेरिकी सेना प्रशान्त क्षेत्रीय कमाण्ड अन्तर्गत युनाइटेड स्टेट्स आर्मी पेसिफिकका कमान्डिङ जनरल रोबर्ट बी. ब्राउनको औपचारिक निमन्त्रणामा चार सदस्यीय भ्रमणदलसहित अमेरिकाको औपचारिक भ्रमणमा जाँदैछन् ।

भ्रमणका क्रममा प्रधान सेनापतिले अमेरिकी सेनाका उच्च अधिकारीसँग भेटघाट गर्ने कार्यक्रम छ । औपचारिक भेटघाटका साथै आपसी हितका विषयमा उनले अन्तर्क्रिया गर्नेछन् ।

यसै क्रममा अमेरिकी सेनाका विभिन्न इकाइहरूद्वारा प्रस्तुत हुने ब्रिफिङ तथा सैनिक कला प्रदर्शनीको समेत उनले अवलोकन गर्ने कार्यक्रम छ ।

salt training

कमेन्ट गर्नुहोस्