२५ असार २०८३, बिहीबार

काठमाडौंका दश नगरः ६ मा कांग्रेसको अग्रता, ३ मा एमाले

कात्तिक २०, २०७४
काठमाडौंका दश नगरः ६ मा कांग्रेसको अग्रता, ३ मा एमाले

काठमाडौं २ जेठ– काठमाडौंका दशवटा नगर मध्ये ६ स्थानमा नेपाली कांग्रेसले अग्रता लिएको छ । प्रारम्भिक मतगणनामा काठमाडौं महानगरपालिकाको मेयरमा मंगलवार अपरान्हदेखि नेपाली काग्रेसले अग्रता हासिल गरेको छ ।

काठमाडौ महानगरमा मंगलवार साझ ६ बजेसम्म काग्रेसका राजुराज जोशी ५ सय ४३ भोटसहित अग्रस्थानमा छन् । एमालेका विद्यासुन्दर शाक्यले ३ सय ४० मत पाएका छन् । प्रारम्भिक मतगणनामा अग्रस्थानमा देखिएका एमाले उम्मेदवार शाक्य मंगलवार दिउसोदेखि पछि परेका हुन् ।

मंगलवार साझसम्मको मतगणनामा नेपाली कांग्रेसले टोखा, गोकर्णेश्वर चन्द्रागिरी, तार्केश्वर नागार्जुन र कागेश्वरी मनोहरामा अग्रता हासिल गरेको छ । कीर्तिपुर, बुढानीलकण्ठ र शंखरापुर नगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेदवार अग्रस्थानमा छन् ।

टोखा नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार हरिहर अधिकारी ले २ हजार ४ सय ६८ मत प्राप्त गरेका छन् । नेकपा एमालेका प्रकाश अधिकारीले १ हजार ६ सय ९९ र माओवादी केन्द्रकी कल्पना शर्माले ६ सय ३३ प्राप्त गरेकी छन् ।

गोकर्णेश्वर नगरपालिकामा काँग्रेसका सन्तोष चालिसेले १ हजार ६ सय ८६ मत सहित अग्र स्थानमा छन भने नेकपा एमालेका पूण्य चौलागाँईले १ हजार ३ सय ४० प्राप्त गरेका छन् ।

तारकेश्वर नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ। मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवारले ६०९ र एमाले ५५५ प्राप्त गरेका छन् । यता उपमेयर पदका लागि एमालेले ६२० र नेपाली कांग्रेसले ४२९ प्राप्त गरेका छन्।
त्यस्तै चन्द्रागिरी नगरपालिकामा काग्रेस उम्मेदवार अगाडी छन । काग्रेसका धनश्याम गिरीले ३ हजार ५५ मत पाउदा एमालेका नेकपा एमालेका प्रह्लाद कार्कीले १ हजार ४ सय ९० मत पाएका छन् ।

दक्षिणकाली नगरपालिकाको मेयरमा एमालेका शशी शर्मा अर्याल १ हजा ९ सय २ मत सहित अग्र स्थानमा छन भने नेपाली काँग्रेसका मोहन बस्नेत १ हजा ४ सय ९७ सहित दोस्रो स्थानमा छन ।

कागेश्वरी मनोहरामा नगरपालिकमा नेपाली काग्रेसका उपेन्द्र कार्कीले १ हजार ५ सय १ मत प्राप्त गरेका छन् । नेकपा एमालेका कृष्णहरि थापाले एमाले ५ सय २६ मत प्राप्त गरेका छन् ।

बुढानीलकण्ठ नगरपालिकामा एमालेले अग्रता लिएको छ । एमालेका उद्धव खरेलले २ हजार ५ सय ६० नेपाली काग्रेसका राजु श्रेष्ठले १ हजार ६ सय ९७ मत प्राप्त गरेका छन् ।

शङ्खरापुर नगरपालिकाको मेयर पदमा एमाले अगाडी छ । मेयरमा एमालेका उम्मेदवार सुवर्ण श्रेष्ठ ८ सय ५८ मतका साथ अग्रस्थानमा छन् भने माओवादी केन्द्रका कृष्णराज सुवेदी ५ सय ७० मत ल्याएका छन् । कांग्रेसले ४ सय मत ३ ल्याएको छ ।

नागार्जुन नगरपालिकाको मेयरमा भने नेपाली काँग्रेसले अग्रता लिएको छ । मेयर नेपाली कांग्रेस ४५४, एमालेले ४३० मत ल्याएका छन् भने उपमेयर पदमा एमाले ४०१ र नेपाली काँग्रेसले ३९० प्राप्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्