चितवन, २ जेठ– सर्वाधिक चासोको रुपमा हेरिएको चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दाहाल एमाले उम्मेद्वार भन्दा निकै पछि परेकी छिन् ।

उनले ९८७ मत ल्याउँदा एमाले तर्फबाट मेयर उम्मेदवार बनेका देवी ज्ञवालीले १३७६ मत ल्याइसकेका छन् ।
यस्तै उपमेयरमा कांग्रेसकी पार्वती शाहले ११८७ मत ल्याएकी छिन् भने एमालेकी दिब्या आचार्यले ११०८ मत ल्याएकी छिन् ।
भरतपुरमा कांग्रेस र माओवादीबीच तालमेलको सहमति भएअनुसार माओवादीले मेयर र कांग्रेसले उपमेयर पाएको थियो । तर, जारी मतगणनामा माओवादी पछाडि परेको हो ।