०८ असार २०८३, सोमबार

ट्रम्पमाथि लाग्यो आईएसबारे गोप्य सूचना रुसलाई दिएको गम्भीर आरोप

कात्तिक २०, २०७४
ट्रम्पमाथि लाग्यो आईएसबारे गोप्य सूचना रुसलाई दिएको गम्भीर आरोप
एजेन्सी, ३ जेठ - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि इस्लामिक स्टेट (आईएस) बारेमा रुससँग गोप्य सूचना सार्वजनिक गरेको आरोप लागेको छ ।trump-lavrov-1-563x375
अमेरिकी अखबार ‘द वासिंगटन पोस्ट’ ले राष्ट्रपति ट्रम्पले गत साता ह्वाइट हाउसमा एक बैठकका क्रममा रुसी विदेशमन्त्री सर्गेई लाभरोभ र रुसी राजदूतसँग यस्तो जानकारी चुहाएको दाबी गरेको छ ।

वर्तमान र पूर्वअधिकारीको हवाला दिँदै अखबारले राष्ट्रपति ट्रम्पले इस्लामिक स्टेट समूहका बारेमा एक सहयोगीले दिएको जानकारी रुससँग भनेको दाबी गरेको हो ।

अमेरिकी विदेशमन्त्री रिक्स टिलरसनले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको कुराकानीमा खास प्रकारका खतराको बारेमा कुराकानी भएको तर बैठकमा सुत्र या सैनिक कारबाहीबारे कुनै कुरा नभएको बताएका छन् ।

पत्रकारसँगको कुराकानीमा राष्ट्रिय सुरक्षा सल्लाहकार जनरल एचआर म्याकमास्टरले यो कुरा गलत भएको बताए ।

उनले भने, ‘अमेरिकी राष्ट्रपति अमेरिकी जनताको सुरक्षालाई सबैभन्दा गम्भीरताका साथ लिनुहुन्छ । जुन रिपोर्ट आज राति आएको छ, त्यो पूरै गलत हो । राष्ट्रपति ट्रम्प र विदेशमन्त्रीले दुई देशका लागि रहेका समान खतराका बारेमा कुराकानी गरेका थिए । कही पनि गुप्तचर सुत्र या काम गर्ने तरिका बारेमा कुनै छलफल भएन । राष्ट्रपतिले सैनिक अभियानका बारेमा कुनै जानकारी दिनुभएन ।’

राष्ट्रपति बन्नुअघि नै रुससँगको सम्बन्धलाई लिएर ट्रम्पमाथि प्रश्न उठेको थियो । उनको चुनाव प्रचार अभियानमा रुसले सहयोग गरेको समेत आरोप लागेको थियो ।

अमेरिकी गुप्तचर एजेन्सीले रुसमाथि साइबर हमला गरेर चुनावमा अमेरिकी मतदातालाई प्रभावित पारेको आरोप लगाएको थियो, राजधानीमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्