०१ असार २०८३, सोमबार

ट्राफिक प्रहरीले प्रतिनिधि नखटाउँदा चालक लाइसेन्सका सबै परीक्षा स्थगित

ट्राफिक प्रहरीले प्रतिनिधि नखटाउँदा चालक लाइसेन्सका सबै परीक्षा स्थगित
प्रतिकात्मक तस्वीर

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र चाबहिलमा ट्राफिक प्रहरीले प्रतिनिधि नखटाउँदा सवारीसाधन चालक लाइसेन्सका सबै परीक्षा स्थगित गरिएका छन् ।

यातायात कार्यालयले सोमवार एक सूचना प्रकाशित गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट प्रतिनिधि नपठाउने जानकारी आएकाले अर्काे सूचना प्रकाशित नहुँदासम्मको लागि लिखित र प्रयोगात्मक परीक्षा स्थगित गरिएको जनाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले सोमवार काठमाडौं उपत्यकाभरि विभिन्न समूहका विरोधका कार्यक्रम तोकिएकाले १ दिनका लागि प्रतिनिधि पठाउन नसकिने जानकारी यातायात कार्यालयलाई गरिएको बताए । ‘हाम्रो जनशक्ति राजधानीको ट्राफिक व्यवस्थापनमा खटिनुपर्नेछ, त्यसैले प्रतिनिधि पठाउन नसकिएको हो,’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्