
रसुवाको हाकु वन जंगलमा लागेको डडेलो नियन्त्रणमा लिन सकिएको छैन ।
सानो हाकु नजिक फूलबारीदेखि पश्चिमतर्फको जंगलमा आइतवार रातिदेखि अचानक लागेको डडेलो नियन्त्रण हुन नसक्दा लारवाङ र हेच्याङ्ब्रा क्षेत्रका वन चपेटामा परेको छ ।
भीरपाखा र असहज स्थानमा भएकाले डडेलो नियन्त्रण गर्न कठिनाइ भइरहेको डिभिजन वन अधिकृत रामकृष्ण केसीले जानकारी दिए ।
डडेलो नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयका सहयोगमा नेपाली सेनासमेत परिचालन गरिएको उनले बताए ।
सेनाका साथै स्थानीय बासिन्दा, वन कार्यालयका कर्मचारीसमेत डडेलो नियन्त्रणमा जुटेका छन् ।
ती क्षेत्रका सयौं हेक्टर वन डडेलोको चपेटामा परिसकेको वन प्राविधिकले आँकलन गरेका छन् । रासस