
पृथ्वी जयन्तीका दिन काठमाडौंमा सरकारले देखाएको व्यवहारबाट चर्चित अभिनेत्री मनिषा कोइराला आक्रोशित बनेकी छन् ।
सिंहदरबार अगाडिको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न जाने क्रममा प्रहरीले हस्तक्षेप गरेकोप्रति कोइरालाले आक्रोश पोखेकी छन् ।
उनले ट्विटरमा लेखेकी छन्, ‘मैले आशा गरेकी थिएँ कि जनताको राष्ट्रिय एकता प्रतिको सामूहिक भावलाई सरकारले सम्मान गर्नेछ । तर उसको व्यवहार ठीक उल्टो देखियो । पृथ्वी नारायणको शालिक अगाडि नै सरकारको यो आपत्तिजनक कार्य ? पानीको फोहरा र टियर ग्याससहित नै तैनाथ प्रहरीलाई पठाउने, सरकार के नेपालीको सरकार नै हो ?’
मैले आशा गरेकिथिए क़ि जनताको राष्ट्रीय एकता प्रतीकों सामूहिक भावलाई सरकार ले सम्मान गर्ने छ।तर उस्को व्यवहार ठीक उल्टो देखियो। पृथ्वी नारायणको शालिक अगाडी नै सरकार को यो आपत्तिजनक कार्य?
— Manisha Koirala (@mkoirala) January 11, 2021
पानीको फोहरा र टियर ग्यास सहितनै तैनात प्रहरीलाई पठाउने, सरकार के नेपालीको सरकार नै हो?
पछिल्ला केही दिनयता अभिनेत्री कोइराला पृथ्वी जयन्ती धुमधामसँग मनाउने तयारीमा लागेकी थिइन् । तर शालिकमा माल्यार्पण गर्न जाँदा अवरोध भएपछि आक्रोशित बनेकी छन् ।