२६ असार २०८३, शुक्रबार

प्रचण्ड–नेपालले गरे निर्वाचन तयारी रोक्न आग्रह, आयोगले भन्यो – रोक्न मिल्दैन

प्रचण्ड–नेपालले गरे निर्वाचन तयारी रोक्न आग्रह, आयोगले भन्यो – रोक्न मिल्दैन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटन विरुद्धको रिट सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै चुनावको तयारी रोक्न निर्वाचन आयोगसँग आग्रह गरेको छ ।

अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल आयोग पुगेर वैशाखका लागि तोकिएको निर्वाचनको तयारी रोक्न आग्रह गरेका हुन् ।

नेकपाको सो समूहका निर्वाचन आयोगका संयोजक एवं स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले निर्वाचन आयोगसँग तयारी रोक्न आग्रह गरिएको जानकारी दिए ।

‘प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको र यसविरुद्धको रिट सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अदालतबाट टुंगो नलाग्दासम्म प्रक्रिया रोक्न आग्रह गरिएको छ, आयोगले सल्लाह गछौं भनेको छ,’ पोखरेलले लोकान्तरसँग भने । 

आयोगले भने निर्वाचन घोषणा भएपछि चुनावको तयारी थाल्नु आफूहरूको कर्तव्य भएको भन्दै तयारी रोक्न नसकिने जनाएको छ । सरकारले वैशाख १७ र २७ गतेका लागि निर्वाचनको मिति घोषणा गरेर तयारी गर्न आग्रह गरिसकेका कारण तयारी रोक्न नमिल्ने जवाफ आयोगले प्रचण्ड–नेपाल समूहलाई गराएको छ । 

पुस ५ गते प्रतिनिसभा विघटन भएपछि प्रचण्ड–नेपाल समूहले पुस ९ गते आयोगमा पुगेर आफूहरू आधिकारिक भएको दावी गरेका थिए । नेकपा आधिकारिताको विवादमा आयोगले दुवै पक्षलाई पत्र पठाएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्