३० जेठ २०८३, शनिबार

थप ४८८ जनामा कोरोना पुष्टि, १० संक्रमितको मृत्यु

थप ४८८ जनामा कोरोना पुष्टि, १० संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप ४८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार ५ हजार ३०९ जनाको पीसीआर परीक्षण गर्दा २९६ पुरुष र १९२ महिलामा संक्रमण पुष्टि भएको हो ।

अद्यावधिक विवरण अनुसार हालसम्म नेपालमा कूल संक्रमितको संख्या २ लाख ६५ हजार २६८ पुगेको छ । जसमध्ये २ लाख ५८ हजार ९६८ संक्रमित निको भइसकेका छन् ।

नेपालमा कोरोना निको हुने दर ९७.६% रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ५२७ संक्रमित निको भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ३७३ रहेको छ भने क्वारेन्टीनमा २३७ जना रहेका छन् ।

कोरोनाले थप १० जनाको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको कूल संख्या १ हजार ९२७ पुगेको मन्त्रालयले जनाएको छ ।

राजधानी काठमाडौं उपत्यकामा ३१४ संक्रमित थपिएका छन् । जसमध्ये महिला १२९ र पुरुष १८५ रहेका मन्त्रालयले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्