२५ असार २०८३, बिहीबार

गृह मन्त्रालयमा दुई मन्त्रीसहितको बैठक : चुनावको माहोल बन्दै गएको निष्कर्ष

गृह मन्त्रालयमा दुई मन्त्रीसहितको बैठक : चुनावको माहोल बन्दै गएको निष्कर्ष

सरकारले घोषणा गरेको अध्यावधि निर्वाचनको लागि माहोल बन्दै गएको निष्कर्ष निकालिएको छ । सोबार गृह मन्त्रालयमा गृह मन्त्री रामबहादुर थापा बादल र अर्थमन्त्री विष्णु पौडेलसहितको बैठकले चुनावको माहोल बन्दै गएको निष्कर्ष निकाल्दै लोकतान्त्रिक अभ्यासमा संलग्न राजनीतिक दल लगायत सबै सरोकारवालाहरूलाई आ–आफ्ना कार्यक्रम तथा गतिविधि सञ्चालन गर्दा विगतमा जस्तै शान्तिपूर्ण रूपले गर्न–गराउन आग्रह गरेको छ ।
बैठकपछि गृह मन्त्रालयका प्रवक्ता चक्र बहादुर बुढाले जारी गरेको विज्ञप्तिमा उक्त बैठकमा गृह मन्त्रालय तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागको तर्फबाट हाल मौजुदा श्रोत साधन तथा निर्वाचन प्रयोजनमा आवश्यक पर्ने थप श्रोत साधन व्यवस्थापन सम्बन्धमा प्रारम्भिक खाका प्रस्तुत भएको उल्लेख गरिएको छ।


 बैठकमा गृह मन्त्री थापाले मुलुक प्रतिनिधिसभाको आगामी निर्वाचनतर्फ केन्द्रित भईसकेकोले निर्वाचन सुरक्षाको लागि आवश्यक तयारी गर्न सुरक्षा निकायहरूलाई निर्देशन दिए ।
 साथै अर्थमन्त्री पौडेलले विगतका निर्वाचनमा भएको खर्च विश्लेषण गरी मितव्ययितालाई ध्यान दिई निर्वाचन केन्द्रित बजेट प्रस्ताव गरी गृह मन्त्रालय मार्फत पठाउन सुरक्षा निकायहरूलाई निर्देशन दिँदै निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने वजेटको अभाव हुन नदिइने प्रतिवद्धता व्यक्त गरे ।

बैठकमा गृह सचिव, अर्थ सचिव र तीन वटै सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो ।
सरकारले प्रतिनिधिसभा विघटन गरेसँगै आगामी वैशाख १७ र २७ गतेका लागि नयाँ निर्वाचनको घोषणा गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्