०७ साउन २०८३, बिहीबार

खुल्यो उपत्यकाको मौसम, केही गर्मी महसुस

खुल्यो उपत्यकाको मौसम, केही गर्मी महसुस

पछिल्लो केही दिनयता काठमाडौँ उपत्यकासहित देशभरको मौसस सफा भएसँगै केही गर्मी महसुस गरिएको छ । मौसम सफा भई राम्रोसँग घाम लागेकाले दिउँसोको अधिकतम तापक्रम वृद्धि भई गर्मी महसुस भएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् ।

“अब गर्मी नै शुरु भई सकेको भने होइन केही दिन मौसम सफा भएकाले दिउँसोकोे अधिकतम तापक्रम वृद्धि भई गर्मी महसुस भएको हो । कुनै मौसमी प्रणाली विकसित भए फेरी चिसो बढ्छ”, मौसमविद् मानन्धरले बताइन् ।

मौसमविद्का अनुसार डम्म बादल लाग्यो भने बादलले ब्ल्याङ्केटको काम गर्छ र अधिकतम तापक्रम घट्छ । पानी पर्यो भने पनि जाडो बढ्छ तर अहिले तत्कालै ठूलो पानी पर्ने सम्भावना भने नरहेको बताइएको छ । पानी पार्ने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्