२३ असार २०८३, मंगलबार

सामाजिक सञ्जालमा ओली अन्तर्वार्ताको चर्चा : कसैले आन्दोलन गर्लान्, जनता त ठीक भन्दैछन् !

सामाजिक सञ्जालमा ओली अन्तर्वार्ताको चर्चा : कसैले आन्दोलन गर्लान्, जनता त ठीक भन्दैछन् !

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय टेलिभिजन जी न्युजमा दिएको अन्तर्वार्तालाई लिएर सामाजिक सञ्जालमा चर्चा शुरू भएको छ ।

ओलीको अन्तर्वार्ता मंगलवार राति हिन्दी भाषामा प्रसारण भएको थियो । 

विगतमा नेपालविरुद्ध अफवाह फैलाउने गरेको आरोप लागेका जी न्युजका सम्पादक सुधीर चौधरीले ओलीसँग अन्तर्वार्ता गरेका थिए ।

अन्तर्वार्ताका क्रममा ओलीले भारत नेपालको ठूल्दाइ नभएको, प्रधानमन्त्री नरेन्द्र मोदी ठूलो र आफू सानो प्रधानमन्त्री नभएको बताएका थिए । 

ओलीले पूर्वीय दर्शन र आध्यात्मबारे दिएको प्रवचनको चर्चा भएको छ । ओलीले डटेर नेपालको पक्षमा बोलेको भन्दै सामाजिक सञ्जालमा कतिपयले सन्देश लेखेका छन् । 

नेपाली कांग्रेसका नेता लोकेश ढकालले लेखेका छन्, ‘जी न्युजको डीएनएमा कार्यक्रम प्रस्तोता सुधीर चौधरीसँग प्रम केपी ओलीको अन्तर्वार्तामा उनको प्रस्तुतीलाई म स्यालुट गर्छु । उनको सबै विचारमा सहमति हुन नसकिएला, आफैंले भनेका छन्, टुटेफुटेको हिन्दी होला तर इतिहास र संस्कृतिको तथ्यसहित देशको स्वार्थमा उनको प्रस्तुति बेजोड थियो ।’

नेकपा नेता एवं पूर्वमन्त्री गोकुल बास्कोटाले ट्विटरमा लेखेका छन्, ‘अब प्रम ओलीले दिन्दीमा बोल्नु गलत भो भनेर आन्दोलन गर्ने होलान् प्रचण्ड टोलीले । अथवा डा. रावलले नयाँ थेसिस लेख्लान् ओलीको लम्पसार राष्ट्रवादबारे । जनता त प्रम ठीक छन् भन्दैछन् ।’

salt training

कमेन्ट गर्नुहोस्