२८ जेठ २०८३, बिहीबार

शिक्षा सचिव मैनालीले गरे सिकाइ निरन्तरता अभियान शुभारम्भ

पुस २८, २०७७
शिक्षा सचिव मैनालीले गरे सिकाइ निरन्तरता अभियान शुभारम्भ
प्रतिकात्मक तस्वीर

नेपाल शिक्षक महासंघ, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ लगायत संस्थाको सहकार्यमा कोभिड–१९ पछिको विषम स्थितिलाई ध्यान दिई सिकाइ निरन्तरता अभियान शुरू भएको छ ।

संयुक्त राष्ट्रसंघीय बाल विकास कोष (युनिसेफ) र शिक्षा तथा मानव स्रोत विकास केन्द्रको समन्वयमा गरिएको कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीले भर्चुअल रूपमा मंगलवार अभियान शुभारम्भ गरे । 

सचिव मैनालीले नेपालको संविधानको मौलिक हकमा विद्यालय शिक्षालाई निःशुल्क र अनिवार्य गरिएका सन्दर्भमा अभियानले विद्यार्थीको अधिकारको सुनिश्चितताका लागि योगदान दिने विश्वास व्यक्त गरे ।

शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले शिक्षक साँझ, बिहान वा बिदाका समयमा पनि जुनसुकै माध्यमबाट विद्यार्थीको पाठ्यक्रम पूरा गर्ने अभियानमा खट्न तत्पर रहेको बताए । विद्यालय व्यवस्थापन महासंघका अध्यक्ष कृष्ण थापाले सिकाइ निरन्तरतामा अभिभावकको भूमिका महत्त्वपूर्ण भएकाले आफूहरू अग्रमोर्चामा रहने दृढता व्यक्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्