२६ असार २०८३, शुक्रबार

प्रोटोन साँगा नेपालमा सार्वजनिक गर्दै जगदम्बा मोटर्स, यस्ता छन् विशेषता

प्रोटोन साँगा नेपालमा सार्वजनिक गर्दै जगदम्बा मोटर्स, यस्ता छन् विशेषता

प्रोटोनको नेपालका लागी आधिकारिक विक्रेता जगदम्बा मोटर्सले चर्चित मलेशियन अटोमोबाइल कम्पनी प्रोटोनको बहु–प्रतिक्षित मोडल “प्रोटोन साँगा“ बुधवार सार्वजनिक गर्ने भएको छ ।

जगदम्बाले बुधवार भर्चुअल माध्यमबाट प्रोटोन साँगा सार्वजनिक गर्ने जनाएको हो ।

बुधवार साँझ ५ बजे पश्चात प्रोटोन कार्स नेपालको आधिकारिक फेसबुक र युट्युब पेज मार्फत प्रत्यक्ष प्रसारण गरिने कम्पनीले जनाएको छ ।

प्रोटोन साँगा उत्कृष्ट फिचर्स तथा डिजाइनले भरिपूर्ण र संसारभर एकदमै ज्यादा मात्रामा रुचाइएको सेडान हो  ।

यसका एक्स्टिरियर देखि लिएर इन्टेरियरसम्म सबैको आकर्षक बनाइएको छ । यसमा १.३ लिटरको भिभिटि इन्जिन १२९९ सिसिको रहेको पावर क्षमता छ । 

नयाँ स्मार्ट्फोन कनेक्टिभिटी जस्तो विशेष सुविधा जडान गरिएको छ, जसले ड्राइभिङ्गका क्रममा ड्राइभरलाइ मनोरञ्जन प्रदान गरिरहन्छ ।

यसमा रहेको ४२० लिटर क्षमताको ट्रंक रिलिज कतै यात्रा गर्दाओर्दा आफुले चाहेजति सामान अथवा लगेजहरु अटाउँनका लागि काफी छ भने इन्टेरियर एन् ९५फिल्टरले दुषित हावाबाट यात्रु र गाडीलाई जोगाइ राख्दछ। यसैगरी अगाडि बस्ने चालक र यात्रुको सुरक्षालाई मध्यनजर गर्दै यसमा एस्आरएस् एयर ब्याग्सको समेत सुविधा रहेको छ ।

प्रोटोन अटोमोबाइल कम्पनी छोटो समयमा प्रसिद्धि कमाउन सफल मलेशियाको राष्ट्रिय अटोमोबाइल कम्पनी  रहेको छ जसले १९८५मा प्रोटोन साँगाकै रुपमा आफ्नो प्रथम गाडी बजारमा ल्याएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्