
प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलको संयोजकत्वमा ३७ सदस्यीय निर्वाचन सुरक्षा परिचालन समिति गठन भएको छ ।
मंगलवार प्रहरी प्रधान कार्यालयले पोखरेलको नेतृत्वमा समिति गठन गरेको हो ।
समितिमा नायव महानिरीक्षक (डीआईजी)द्वय दिवेश लोहनी र सुनिल कुमार श्रेष्ठ, १२ जना एसएसपी रहेका छन् भने अन्य एसपी र डीएसपीहरू पनि समितिमा छन् ।
निर्वाचन तयारीका लागि भन्दै कार्यालयले समिति गठन गरेको हो । यससँगै प्रहरीको तर्फबाट निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको प्रहरी स्रोतले बताएको छ ।