३० जेठ २०८३, शनिबार

सेनाले नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरी ४ सय १० जनालाई दियो स्वास्थ्य सेवा

सेनाले नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरी ४ सय १० जनालाई दियो स्वास्थ्य सेवा

नेपाली सेनाले बारामा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरी ४ सय १० जना सर्वसाधारणलाई स्वास्थ्य सेवा प्रदान गरेको छ ।

सेनाको श्री नं. २८ बाहिनी अड्डा र श्री नं. २८ फिल्ड एम्बुलेन्स गुल्मको सहकार्यमा बाराको करैयामाई गाउँपालिका- ७ जनता माविको प्रांगणमा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।

शिविरमा १ सय ९५ महिला, १ सय ३१ पुरुष तथा ७६ बालबालिकालाई स्वास्थ्य सेवा प्रदान गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

सेना र नागरिकबीचको सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यले जेनरल ओपीडी तथा डेन्टल शिविर सञ्चालन गरिएको निर्देशनालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्