१९ असार २०८३, शुक्रबार

महाअभियोगमा मतदान हुनुअघि ट्रम्पले गरे संकटकाल घोषणा

पुस २९, २०७७
महाअभियोगमा मतदान हुनुअघि ट्रम्पले गरे संकटकाल घोषणा

अमेरिकी संसदमा राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध परेको महाअभियोग प्रस्तावमाथि बुधवार मतदान हुनुअघि वासिङ्टन डिसीमा संकटकाल घोषणा गरिएको छ ।

राष्ट्रपति ट्रम्पले ११ देखि २४ जनवरीसम्म वासिङ्टनमा संकटकाल लगाएका छन् ।

यसअघि ट्रम्पको उक्साहटमा संसद भवनमा हिंसा भड्किएको आरोप समेत छ । ट्रम्पलाई राष्ट्रपतिबाट तत्काल हटाउन महाअभियोग प्रस्ताव दर्ता गरिएपछि संकटकाल घोषणा गरिएको छ ।

नवनिर्वाचित राष्ट्रपति जो बाइडनले वासिङ्टनमा २० जनवरीमा शपथ लिने कार्यक्रम तय भएको छ । ट्रम्पको घोषणा कायमै रहे बाइडनले संकटकालबीच शपथ खानुपर्ने भएको छ । संकटकालका कारण हिंसा भड्किएमा शपथ कार्यक्रम प्रभावित हुनसक्ने अनुमान समेत लगाउन थालिएको छ ।

गत हप्ता अमेरिकी संसद् भवनमा भएको हिंसामा ५ जनाको मृत्यु भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्