१३ असार २०८३, शनिबार

घरायसी विवादमा बुवाले घरमा आगो लगाउँदा २ छोराको मृत्यु

पुस २९, २०७७
घरायसी विवादमा बुवाले घरमा आगो लगाउँदा २ छोराको मृत्यु
प्रतिकात्मक तस्वीर

कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–७ दुदुल्लीमा बुवाले घरमा आगो लगाउँदा २ छोराको जलेर मुत्यु भएको छ ।

नरहरिनाथ–७ का भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा उनका २ छोराको जलेर मंगलवार राति मृत्यु भएको हो ।

भैरे विष सेवन गरेर आफू पनि गम्भीर अवस्थामा रहेको जनाइएको छ । 

घरायसी झगडाका कारणले बटालाले घरमा आगो लगाउँदा उनका १२ वर्षीय र ७ वर्षीय छोरा क्रमशः गणेश र मनबहादुरको मृत्यु भएको तथा अर्का ४ वर्षीय छोरा खगेन्द्र भने घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख चक्रबहादुर शाहले बताए ।

salt training

कमेन्ट गर्नुहोस्