१२ साउन २०८३, मंगलबार

फिल्म हलमा स्वास्थ्यकर्मी नियमित हुनुपर्ने सरकारी मापदण्ड, यस्ता छन् प्रावधान

फिल्म हलमा स्वास्थ्यकर्मी नियमित हुनुपर्ने सरकारी मापदण्ड, यस्ता छन् प्रावधान

सरकारले कोरोना संक्रमण रोकथामका लागि हल सञ्चालन तथा अनुगमन मापदण्ड–२०७७ सार्वजनिक गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले १९ बुँदे सञ्चालन तथा अनुगमन मापदण्ड सार्वजनिक गरेको छ ।

१९ बुँदे मापदण्डमा अनलाइन बुकिङ सहज बनाउने, काउन्टरमा टिकट काट्दा भौतिक दूरी कायम राख्नुपर्ने, हलभित्र दर्शकलाई प्रवेश गराउँदा तापक्रम नाप्नुपर्ने, मास्क लगाएर मात्रै हलमा प्रवेश गर्नुपर्ने लगायत उल्लेख छ ।

गत पुुस २६ गते मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मापदण्ड पालना गर्दै देशैभरका हल सञ्चालन गर्न अनुमति दिएको थियो । त्यसपछि सञ्चार मन्त्रालयले हलमा मापदण्ड पालना भए/नभएको अनुगमन गर्न सहसचिवको संयोजकत्वमा चलचित्र विकास बोर्डका अध्यक्ष सदस्य रहने गरी अनुगमन समिति पनि गठन गरेको छ ।

मापदण्डमा हल सञ्चालनका बेला स्वास्थ्यकर्मी नियमित रूपमा हलमा उपस्थित हुनुपर्ने उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्