०२ असार २०८३, मंगलबार

अमेरिकामा ६७ वर्षमा पहिलोपटक महिलालाई दिइयो मृत्युदण्ड

माघ २, २०७७
अमेरिकामा ६७ वर्षमा पहिलोपटक महिलालाई दिइयो मृत्युदण्ड

अमेरिकामा मृत्युदण्ड पर्खिरहेकी एक महिलालाई सर्वोच्च अदालतले कानूनी अडचन फुकाएपछि विषालु सुई दिएर मृत्युदण्ड दिइएको छ । 
 

लिसा मोन्टगोमरी नामक ५२ वर्षीया ती महिलालाई स्थानीय समयअनुसार बुधवार बिहान १ः३१ मा इन्डियानास्थित फेडरल करेक्सनल कम्प्लेक्समा मृत घोषणा गरिएको हो । राष्ट्रपति डोनल्ड ट्रम्पको कार्यकालमा मृत्युदण्ड पाउने उनी शायद अन्तिम कैदी हुन् । 
 

कान्सास घर भएकी मोन्टगोमरीले मिसूरीमा सन् २००४ मा गर्भवती महिला बबी जो स्टिनेटको पेट काटेर बच्चा निकालेकी थिइन् र आफ्नै बच्चा जस्तो गरी प्रस्तुत गर्न खोजेकी थिइन् । स्टिनेटको हत्या गरेकोमा उनलाई मृत्युदण्ड दिइएको हो । 
 

मोन्टगोमरीका वकिलहरूले भावुक बयान जारी गर्दै मृत्युदण्डको भर्त्सना गरे, ‘असफल प्रशासनको रक्तपिपासा आज स्पष्ट देखियो ।’

बुधवार मृत्युदण्ड कक्षको पर्दा उठाइँदा पत्रकारहरूले बाक्लो शीशाको भित्तोबाट घुरेर हेर्दा मोन्टगोमरी एकछिन त छक्क परेकी थिइन् । 

मृत्युदण्ड प्रक्रिया शुरू भएपछि मोन्टगोमरीसँग उभिएकी महिला अलिकति झुकिन् अनि उनको फेस मास्कलाई बिस्तारै हटाइन् र अन्तिम इच्छा केही छ कि भनी सोधिन् । सानो स्वरमा मोन्टगोमरीले केही छैन भनिन् ।

उनले केही सेकेन्डसम्म नर्भस हुँदै औंलाले कुुर्सीमा टकटक गरिन् अनि सुई लगाएको केही क्षणमै आँखा चिम्लिन् । 

खासमा उनको मृत्युदण्डको समय मंगलवार बेलुका ६ बजेका लागि निर्धारण गरिएको थियो तर उनका वकिलहरूले अपील गरेपछि सारिएको थियो । उनी मानसिक रूपमा अशक्त रहेको र उनले जिन्दगीभरि खतरनाक यौन हिंसा सहनुपरेको वकिलहरूको तर्क थियो । 

salt training

कमेन्ट गर्नुहोस्