२२ जेठ २०८३, शुक्रबार

‘मलाई भारतले हटाउन खोजेको छ भन्दै हुनुहुन्थ्यो, संसद् भंग पनि भारतले भनेर गरेको हो ?’

‘मलाई भारतले हटाउन खोजेको छ भन्दै हुनुहुन्थ्यो, संसद् भंग पनि भारतले भनेर गरेको हो ?’
फाइल फोटो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिनिधि सभा भंग भारतको इशारामा गरेको हो भनेर प्रश्न गरेका छन् ।

उनले विदेशी शक्तिले सुनाएको मन्त्रमा प्रधानमन्त्री चलेको जनताको बुझाइ रहेको दाबी गरे । 

‘असारमा मलाई भारतले हटाउन खोजेको छ भन्दै हुनुहुन्थ्यो । भारतले भन्दैमा हटाउने हो र भनेर हामीले हटाएनौं । संसद् भंग भारतले भनेर गरेको हो ? यसलाई के भन्नुहुन्छ केपीजी ? मैले भारतलाई केही भन्न खोजेको होइन,’ बुधवार काठमाडौं जिल्लाका नेकपा कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले भने, ‘कस्तोलाई विशेष दूत भन्नुभयो । यो अपारदर्शी तरिका अपनाएको जनताले हेरेका छन् नि !’ 

प्रचण्डले भारतीय टीभी जी न्यूजमा दिएको अन्तर्वार्ता पनि ओलीको नाटक भएको टिप्पणी गरे । 

‘त्यो पनि नाटक हो, नाटकै हो, जसको पटाक्षेप आज भइसक्यो । त्यही जी न्यूजले एभरेस्टको नाम फेर्ने रे ! के नाटक देखिँदैछ ?’ प्रचण्डले भने ।  

salt training

कमेन्ट गर्नुहोस्