२२ जेठ २०८३, शुक्रबार

विप्लव नेकपाका प्रभावशाली नेता धर्मेन्द्र बाँस्तोला पक्राउ

विप्लव नेकपाका प्रभावशाली नेता धर्मेन्द्र बाँस्तोला पक्राउ

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका प्रभावशाली नेता धर्मेन्द्र बाँस्तोला पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर ललितपुरले मकवानपुर र ललितपुरको सीमाबाट उनलाई पक्राउ गरेको प्रहरी स्रोतले बतायो । 

बाँस्तोला विप्लव समूहका पश्चिम कमाण्ड इञ्चार्ज हुन् ।

महानगरीय प्रहरी परिसरकी प्रमुख एसएसपी किरण बज्राचार्यले बिहानदेखि ललितपुर क्षेत्रमा अपरेसन चलाएर केही व्यक्ति पक्राउ गरेको तर को हुन् भन्नेबारे अहिले केही भन्न नसकिने बताइन् ।

salt training

कमेन्ट गर्नुहोस्