३० जेठ २०८३, शनिबार

मंगलग्रहमा मानव बस्ती बसाल्न चाहन्छन् विश्वकै धनी मस्क

पुस २९, २०७७
मंगलग्रहमा मानव बस्ती बसाल्न चाहन्छन्  विश्वकै धनी मस्क

विश्वकै सबैभन्दा धनी एलन मस्क  त्यतिबेलासम्म उनी खुसी हुनेछैनन्, जबसम्म मानिसलाई मंगलग्रहसम्म पु¥याउन सक्नेछैनन् । उनले २०१६ मा यस्तो बताएका थिए, ‘हामीले त्यतिबेलासम्म खुसी मनाउन हुँदैन । जबसम्म हामी मंगलमा आफ्नो बस्ती बसाउन सक्दैछौं ।’
एक वर्षअघि अर्थात् जनवरी २०२० मा ब्लुमबर्गले तयार गरेको विश्वका धनाढ्यहरुको सुचीमा मस्क ३५ आंै नम्बरमा थिए । तर १० महिनामा उनले बिल गेट्सलाई पछि पारे, अहिले जेफ बेजोसलाई उछिनेर पहिलो नम्बरमा छन् ।

ब्लुमबर्गका अनुसार बिहीबार टेस्लाको शेयरको मुल्यमा ४ दशमलव ८ प्रतिशतले वृद्धी भयो र मस्कको कुल सम्पत्ती १८८ दशमलव ५ अर्ब डलर पुग्यो । अमेजनका मालिक जेफ बेजोसको सम्पत्ती १८७ अर्ब डलर छ ।
एलन मस्कको जन्म २८ जून १९७१ मा दक्षिण अफ्रिकाको प्रिटोरियामा भएको थियो । उनकी आमा माये मस्क क्यानेडियन मोडल हुन् । दक्षिण अफ्रिकी मुलका बाबु एरोल मस्क इलेक्ट्रो मेकानिकल इन्जिनियर हुन् । एलन जब ९ वर्षका थिए, तब उनका बाबु–आमाको डिभोर्स भयो । १० वर्षको उमेरमा उनले कम्प्युटर कोडिङ कोर्स सिके । त्यसपछि उनले ‘ब्लास्टर’ नामको भिडियो गेम बनाए । उनले यस गेमलाई १२ वर्षको उमेरमा ५ सय डलरमा बेचेका थिए ।
एलनसँग दुुईवटा डिग्री छन् । उनले इकोनोमिक्समा एउटा र फिजिक्समा अर्को डिग्री हासिल गरेका छन् । १९९५ मा उनी पिएचडीका लागि अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयमा भर्ना भए । तर, दुुई दिनभित्रै छाडिदिए किनकी उनी आफ्नै नयाँ व्यवसाय सुरु गर्न चाहन्थे ।

कतिपयलाई एलन मास्कले नै टेस्ला कम्पनी स्थापना गरेका थिए भन्ने पनि लाग्ला । तर यो साँचो होइन । टेस्ला मोटर कम्पनीको सुरुवात २००३ मा मार्टिक एबरहार्ड र मार्क टारप्यानिङले गरेका थिए । फेब्रुअरी २००४ मा एलन मास्कले यसमा ७५ लाख डलर लगानी गरे । यस लगानीसँगै उनी टेस्लाको अध्यक्ष पनि बने ।
अक्टूबर २००८ मा उनी टेस्लाको सिईओ बने । यतिबेलासम्म कम्पनीमा उनले ७ करोड डलर लगानी गरिसकेका थिए । जून २०१० मा टेस्लाले आईपिओ लन्च ग¥यो । यससँगै कम्पनीको शेयर १ हजार २ सय २९ प्रतिशत बढ्यो ।
तर, एक समय यस्तो पनि आएको थियो, जतिबेला टेस्लाले ऋण लिनुप¥यो । २००९ मा टेस्लाले अमेरिका सरकारसँग ४६ दशमलव ५ करोड डलर ऋण लियो । यो ऋण उसले २०१३ मा चुक्ता ग¥यो ।
एलन मास्क स्पेसएक्सका पनि सिईओ हुन् । स्पेसएक्स प्राइभेट कम्पनी हो र सुचिकृत छैन, त्यसैकारण यसको वास्तविक तथ्याङ्क बाहिर आउँदैन । जुलाई २०२० मा मोर्गन स्टेनलीको अनुसन्धानले स्पेसएक्सको मार्केट भ्यालु २ सय अर्ब डलरसम्म हुनसक्ने आँकलन गरेको थियो ।  
सिएनबीसीको रिपोर्टअनुसार स्पेसएक्समा मस्कको १५ दशमलव ३ अर्ब शेयर छ । यसबाहेक उनी बोरिङ कम्पनीका पनि पसंस्थापक हुन् । मस्कले यो कम्पनीको सुरुवात २०१८ मा गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्