
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसद विघटन सम्बन्धि मुद्दामा सर्वोच्च अदालतले छिटोभन्दा छिटो फैसला हुनुपर्ने बताएका छन् ।
बिहीवार ट्वीटरमा एक स्टाटस लेख्दै डा. कोइरालाले विद्वान कानून व्यवसायीहरूले यसका लागि सहजीकरण गर्नुपर्ने बताएका हुन् ।
उनले लेखेका छन्, समग्र नेपाली जनता असंवैधानिक रुपमा गरिएको "संसद विघटन सम्बन्धि मुद्दा" मा सर्वोच्च अदालतको फैसला कुरेर बसेका छन्। यसको छिटो भन्दा छिटो फैसला हुन जरुरी छ र विद्धान कानुन व्यवसायीहरुले छिटो फैसला गराउने तर्फ सहजीकरण गर्नुपर्छ।'
समग्र नेपाली जनता असंवैधानिक रुपमा गरिएको "संसद बिघटन सम्बन्धि मुद्दा" मा सर्वोच्च अदालतको फैसला कुरेर बसेका छन्। यसको छिटो भन्दा छिटो फैसला हुन जरुरी छ र विद्धान कानुन व्यावसायिहरुले छिटो फैसला गराउँने तर्फ सहजीकरण गर्नुपर्छ।
— Dr Shekhar Koirala (@Shekharnc) January 14, 2021