०३ साउन २०८३, आइतबार

वैशाखमा चुनाव गर्ने ओलीको उद्देश्य र चाहना छैन : माधव नेपाल

वैशाखमा चुनाव गर्ने ओलीको उद्देश्य र चाहना छैन : माधव नेपाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले आगामी वैशाखमा चुनाव गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको उद्देश्य र चाहना नभएको बताएका छन् ।

नेपाल बुद्धिजीवी संगठनको आयोजनामा काठमाडौंमा भएको राजनीतिक एवं संवैधानिक अन्तर्क्रियामा बोल्दै अध्यक्ष नेपालले देशभर जहाँसुकै गएपनि पार्टीमा ओलीको बहुमत कहीँ पनि नभएको बताए ।

‘पार्टीको विधानमा बहुमतको निर्णय पार्टीको निर्णय हुने भनिएको छ तर केपी ओलीले बहुमत मान्नुहुन्न, मेरो निर्णय पार्टीको निर्णय हो भन्नुहुन्छ,’ उनले भने, ‘विधानले व्यक्ति संगठनको मातहतमा हुन्छ र संगठन बहुमतको मातहतमा हुन्छ भनेको छ ।’

salt training

कमेन्ट गर्नुहोस्