२४ असार २०८३, बुधबार

नेपालको सबैभन्दा ठूलो अनलाइन फुड फेस्टिवल शुक्रवारदेखि

नेपालको सबैभन्दा ठूलो अनलाइन फुड फेस्टिवल शुक्रवारदेखि

नेपालको सबैभन्दा लोकप्रिय अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डूले अनलाइन फुड फेस्टिवल शुक्रबार माघ २ गतेदेखि आयोजना गर्दैछ ।

विगत ३ वर्षदेखि नियमित रुपमा आयोजना गर्दै आएको फुडमाण्डूले प्रविधिमा आधारित नेपालको सबैभन्दा ठूलो फुड फेस्टिवल सन् २०१७ देखि शुरू गरेको थियो ।

यस कार्यक्रममा कम्पनीले उत्कुष्ट खानेकुराका साथै आफ्ना ग्राहकहरुलाई मनोरन्जन समेत प्रदान गर्दछ ।

एक सातासम्म संचालन हुने अनलाइन फुड फेस्टिवलमा उत्कुष्ट फुड डिलसहित अग्मेन्टेड रियालिटी गेमका साथसाथै पहिलो पटक लाइभ म्यूजिक समेत आयोजना गर्दैछ ।

सो लाइभ म्यूजिक इभेन्टमा ज्योभन भुजु, संजय महत, उज्वल मान श्रेष्ठ, प्रसन्ना अधिकारीलगायतका कलाकारहरुले आफ्नो विशेष परफरमेन्स प्रस्तुत गर्नेछन् ।

फुडमाण्डूको अनलाइन फुड फेस्टिवलमा पहिलो पटक पोखरामा समेत आयोजना हुनेछ । कम्पनीले केहि दिनअघि मात्र पर्यटकिय नगरी पोखरामा आफ्नो सेवा बिस्तार गरेको थियो । अब भने पोखरेलीहरुले समेत नेपालको सबैभन्दा ठूलो अनलाइन फुड फेस्टको मज्जा लिन सक्नेछन् ।

कम्पनीले वार्षिकरुपमा आयोजना गर्ने अनलाइन फुड फेस्टिवलमा कम्पनीले मोबाइल एप्समार्फत अर्डर गर्ने ग्राहकहरुलाई आकर्षक क्यासब्याकका साथसाथै अधिकतम रु.५०० बराबरको २५ प्रतिशतसम्मको डिस्काउन्स अफर दिनेछ । त्यसैगरि कम्पनीले क्यूआरमार्फत भुक्तानीमा समेत छुटको सुबिधा दिनेछ ।

अनलाइन फुड फेस्टिवलमा कम्पनीले रु.१ मा नै ग्राहकहरुलाई खानेकुरा उपलब्ध गराउने छ भने फुड फेस्टिवलमा राखिएका गेमहरु खेलेर थप डिस्काउन्ट समेत प्राप्त गर्नसक्नेछन् ।

त्यसैगरि फ्लाश सेलमा दिनको तीन पटक एक एक घण्टाको अफर आयोजना गरिनेछ भने मिस्ट्री ब्यागअन्तरगत न्यूनतम मूल्यमा सरप्राइज फुड प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

अनलाइन फुड फेस्टिवलमा फोनपे मार्फत क्यूआर पेमेन्ट गर्न सकिने र छुट प्राप्त गर्न सकिनेछ ।

ग्राहकहरुले अनलाइन फुड फेस्टिवलमा विभिन्न गेममार्फत भारी डिस्काउन्ट समेत प्राप्त गर्नेछन् ।

फुडमाण्डू अनलाइन फुड फेस्टिवलमा नेपालका उत्कृष्ट रेष्टुरेन्टहरु सहभागी छन जसमध्ये काठमाडौंमा ३० वटा रेस्टुरेन्ट तथा पोखरामा १४ वटा रेस्टुरेन्टहरु सहभागी हुनेछन्, जसले ग्राहकहरुलाई नौलो र उत्कृष्ट स्वादसहित खानेकुराहरुको प्याकेज ग्राहकहरुलाई उपलब्ध गराउनेछन् ।

salt training

कमेन्ट गर्नुहोस्