३१ जेठ २०८३, आइतबार

अवैध काठ बोकेको ट्रयाक्टरसहित ३ जना प्रहरीको नियन्त्रणमा

माघ १, २०७७
अवैध काठ बोकेको ट्रयाक्टरसहित ३ जना प्रहरीको नियन्त्रणमा
प्रतिकात्मक तस्वीर

मकवानपुरको इलाका प्रहरी कार्यालय पशुपतिनगर कार्यालय हेटौंडाले अवैधरूपमा ल्याइएको काठसहित ट्रयाक्टर बरामद गर्दै चालकसहित ३ जनालाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाएको छ ।

प्रहरी निरीक्षक देवराज काफ्लेको नेतृत्वमा खटिएको प्रहरीे टोलीले जाँचका क्रममा अवैध काठसहित ट्रयाक्टर र त्यसमा सवार ३ जनालाई नियन्त्रणमा लिएको कार्यालयले जनाएको छ ।

जाँचका क्रममा ट्रयाक्टरबाट चिलाउने ३२.०२ क्युफिट, कर्माको ७.०३ क्युफिट र कर्माको ७.०३ क्युफिट गोलिया काठ बरामद गरेको बताइएको छ । हेटौंडाको भोर्लेस्थित धरान चतरा सडकखण्डमा हर्नामारी हँुदै हटियातिर जाँदै गरेको ना७त ११३५ नम्बरको ट्रयाक्टरमा लोड रहेको काठका कागजपत्र विना फेला परेपछि नियन्त्रणमा लिइएको थियो ।

पक्राउ पर्नेमा ट्रयाक्टर चालक हेटौंडा उपमहानगरपालिका–१८ का ३४ वर्षीय सन्तबहादुर जिम्वा, ४७ वर्षीय आइतराम जिम्वा तथा हेटौंडा–१७ का २९ वर्षीय अशोक तामाङ रहेको बताइएको छ ।

प्रहरीले नियन्त्रणमा लिएको काठसहित ट्रयाक्टर ३ जनालाई जिल्ला वन कार्यालय मकवानपुरमा कारवाहीका लागि बिहीवार पठाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्