२५ जेठ २०८३, सोमबार

मृत्यु हुनेको सङ्ख्या ८० हजार नाघेपछि इटालीले लियो यस्तो निर्णय

माघ १, २०७७
मृत्यु हुनेको सङ्ख्या ८० हजार नाघेपछि इटालीले लियो यस्तो निर्णय

कोभिड–१९ सङ्क्रमणपछि मृत्यु हुनेको सङ्ख्या ८० हजारभन्दा बढी पुगेपछि यस महामारीबाट बढी प्रभावित यूरोपेली मुलुक इटलीले स्वास्थ्यसम्बन्धी सङ्कटकाललाई आगामी अप्रिल ३० सम्म बढाएको छ ।

बिहीबार सरकारद्वारा जारी विज्ञप्तिअनुसार इटलीमा अहिलेसम्म मृत्यु भएका कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ८० हजारभन्दा बढी पुगेको छ ।
     
इटालीले सन् २०२० को जनवरी ३१ देखि महामारीका कारण राष्ट्रिय सङ्कटकालको घोषणा गरेको हो ।

इटलीले सङ्कटकालको विस्तारसँगै बेलुका १० बजेदेखि विहान पाँच बजेसम्मलाई निषेधाज्ञा अवधि पनि तोकिएको छ । इटलीमा सङ्क्रमणको जोखिम भएका क्षेत्रमा नियन्त्रणका फरक फरक उपाय अवलम्बन गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्