२२ जेठ २०८३, शुक्रबार

अनुभवी सीएमात्रै योग्य हुने गरी नियमावली बनाइँदै

माघ २, २०७७
अनुभवी सीएमात्रै योग्य हुने गरी नियमावली बनाइँदै

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) परिषद्ले १५ वर्ष पुरा गरेका चार्टर्ड एकाउन्टेन्ट (सीए) ले मात्र उम्मेदवारी दिन पाउने गरी नियमावली परिवर्तन गर्ने एजेण्डा पारित गरेको छ । परिषद् बैठकले सोमबार आगामी १७ वैशाखमा हुने निर्वाचनलाई लक्ष्य गरी यस्तो निर्णय गरेको हो ।

पाँच वर्ष अघि यस्तै निर्णय गर्दै ५ वर्षे अनुभवबाट १० वर्षे हुनुपर्ने नियम बनाइएको थियो ।
पटक पटक नियम परिवर्तन गरिएको भन्दै केही सदस्यले असन्तुष्टि जनाएपनि सोमबारको बैठकमा अध्यक्ष मदन शर्माले एजेण्डा पारित भएको घोषणा गरेको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्