१० साउन २०८३, आइतबार

प्रतिकुल मौसमका कारण आन्तरिक उडान बिहानैदेखि प्रभावित

प्रतिकुल मौसमका कारण आन्तरिक उडान बिहानैदेखि प्रभावित

प्रतिकुल मौसमका कारण आन्तरिक उडान बिहानैदेखि प्रभावित बनेको छ । 

केही विमानस्थलबाहेक तराईतर्फका सबै उडान रोकिएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका जनरल म्यानेजर प्रताप तिवारीले लोकान्तरलाई जानकारी दिए । 

उनका अनुसार, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका भने उडान प्रभावित भइसकेको छैन । उनले भने, उडान सुचारू छ, तर मौसम भने प्रभावित नै छ । यस्तै रहे केही समय उडान रोकिन सक्छ ।

यसैगरी पोखरा विमानस्थलका उडान पनि रोकिएका छन् । तराईंका सबै उडान रोकिएको उनले जानकारी दिए । 

शुक्रवार बिहानैदेखि मौसममा बदली भएका कारण उडान प्रभावित बनेको हो । 

salt training

कमेन्ट गर्नुहोस्