०८ असार २०८३, सोमबार

किम जोङ उनले देखाए पनडुब्बीबाट प्रक्षेपण गर्न मिल्ने ब्यालिस्टिक क्षेप्यास्त्र

माघ २, २०७७
किम जोङ उनले देखाए पनडुब्बीबाट प्रक्षेपण गर्न मिल्ने ब्यालिस्टिक क्षेप्यास्त्र

आणविक हतियार भएको मुलुक उत्तर कोरियाले शुक्रवार राजधानी प्योङयाङमा पनडुब्बीबाट प्रक्षेपण गर्न मिल्ने ब्यालिस्टिक क्षेप्यास्त्र प्रदर्शन गरेको छ । 

जो बाइडन अमेरिकाका राष्ट्रपति बन्नुभन्दा केही दिनअघि उत्तर कोरियाले शक्तिप्रदर्शन गरेको हो । 

उत्तरको सरकारी सञ्चारमाध्यमका अनुसार, सर्वोच्च नृता किम जोङ उनले सत्तारूढ वर्कर्स पार्टीको महाधिवेशन बैठकमा देशको प्रधानशत्रु अमेरिका भएको बताएका छन् । 

उनले भुत्ले कालो टोपी र छालाको कोट लगाएर बेस्सरी मुस्काउँदै किम इल सुङ स्क्वेयरस्थित एक मञ्चबाट हात हल्लाएको तस्वीर सरकारी समाचार संस्था केसीएन्एले सार्वजनिक गरेको छ । उनले हजारौं सैनिक र नागरिक प्रेक्षकहरूतर्फ हात हल्लाएका थिए । 

देशको अत्याधुनिक रणनीतिक हतियार प्रदर्शन गर्दा दर्शकहरू खुशीले चिच्याएको उक्त संस्थाले खबर दियो । हतियारहरूमा पनडुब्बीबाट प्रक्षेपण गरिने ब्यालिस्टिक क्षेप्यास्त्र पनि छन् जसलाई संसारकै सबभन्दा शक्तिशाली भनिएको छ । 

परेडको अन्त्यमा सोलिड फ्युल छोटो दूरीको ब्यालिस्टिक क्षेप्यास्त्र देखाइएको थियो । यस्ता क्षेप्यास्त्र बढी चलायमान हुन्छन् र तरल फ्युल भएका क्षेप्यास्त्रभन्दा बढी छिटो तैनाथ गर्न मिल्छ । 

salt training

कमेन्ट गर्नुहोस्