२६ असार २०८३, शुक्रबार

खानेपानी व्यवस्थापनमा भ्रष्टाचार गर्ने मेयरलाई स्थानीयहरूले बाँधे रुखमा

माघ ४, २०७७
खानेपानी व्यवस्थापनमा भ्रष्टाचार गर्ने मेयरलाई स्थानीयहरूले बाँधे रुखमा

मेक्सिकोको दक्षिणी भागमा रहेको चियापास राज्यको एक नगरका मेयरलाई आक्रोशित नगरवासीहरूले रुखमा बाँधेका छन् । नयाँ पानीटंकीको अवस्था टीठलाग्दो भएपछि उनीहरूले मेयरलाई बाँधेका हुन् । 

स्थानीय सञ्चारमाध्यमका अनुसार, सोमवार फ्रोन्टेरा कोमालापा शहरका बासिन्दालाई मेयर अस्कर रामिरेजले विभिन्न सार्वजनिक परियोजनाको बारेमा प्रस्तुति दिइरहेका थिए । 

त्यसक्रममा ११ वटा समुदायका प्रतिनिधिहरूले रामिरेजलाई खानेपानी प्रणालीको बिजोक अवस्थाका बारेमा प्रश्न गरे । चित्तबुझ्दो जवाफ नआएपछि उनलाई समातेर रुखमा बाँधिदिए । 

उनलाई फेस मास्क लगाएको अनि हात पछाडि लगेर रुखमा बाँधिएको अवस्थामा तस्वीर खिचिएको छ । 

पक्की पानीटंकीको दरिद्र अवस्थाको आलोचना गर्दै टोल सुधार समितिका एक सदस्यले कराएको भिडियो पनि सुनिएको छ । 

‘उनले कोमालापाका जनतालाई राम्रो काम गरेर देखाउने भनेका थिए तर त्यो झूटो रहेछ । उनले खानेपानी प्रणालीमा भ्रष्टाचार गरे । त्यसले कामै गरिरहेको छैन,’ अर्का एक स्थानीयले बताए । 

मेयर रामिरेजले पछि सामाजिक सञ्जालमा पोस्ट गर्दै आफूलाई रुखमा नबाँधिएको बताए । तर तस्वीरमा उनलाई नै बाँधिएको देखिन्छ । 
 

salt training

कमेन्ट गर्नुहोस्