२४ असार २०८३, बुधबार

बहस सकाउन खोजेपछि एमिकस क्युरीबाट गीता पाठकको ‘अब्जेक्सन’, ‘पाँचै जनाको कुरा सुन्नुपर्छ’

बहस सकाउन खोजेपछि एमिकस क्युरीबाट गीता पाठकको ‘अब्जेक्सन’, ‘पाँचै जनाको कुरा सुन्नुपर्छ’

प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमाथिको सुनुवाइका क्रममा अदालतले बोलाएको एमिकस क्युरीमा रहेकी वरिष्ठ अधिवक्ता गीता पाठकले पाँचै जनाले इजलासमा कुरा राख्न पाउनु पर्ने बताएकी छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको इजलासमा शुक्रवार भएको सुनुवाइमा एमिकस क्युरीको तर्फबाट बद्रीबहादुर कार्कीले सुझाव पेश गरेका थिए ।

उनले न्यायाधीशको संख्या बढाएर यही इजलासमा सुनुवाइ गर्न सकिने सुझाव दिए ।

त्यसपछि इजलासबाट न्यायाधीशले बहस सकियो भनेपछि पाठकले अब्जेक्सन जनाएकी हुन् ।

‘कि कसैको कुरा सुन्नुहुँदैन, नभए पाँचैजनाको कुरा सुन्नुपर्छ’ सर्वोच्च बारका तर्फबाट एमिकस क्युरीमा रहेकी पाठकले भनिन् । 

अहिले १५ मिनेटका लागि चिया ब्रेक भएको छ । 

प्रतिनिधि सभा विघटनविरुद्धको रिट संवैधानिक इजलासमै सुनुवाइ गर्ने कि वृहत् पूर्ण इजलासमा पठाउने भन्नेबारे अदालत आजै टुंगोमा पुग्ने अपेक्षा गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्