२३ असार २०८३, मंगलबार

प्रतिनिधि सभा विघटनविरुद्धका रिट संवैधानिक इजलासले नै हेर्ने, आइतवारदेखि निरन्तर सुनुवाइ

प्रतिनिधि सभा विघटनविरुद्धका रिट संवैधानिक इजलासले नै हेर्ने, आइतवारदेखि निरन्तर सुनुवाइ

प्रतिनिधि सभा विघटनविरुद्धका रिटहरूलाई संवैधानिक इजलासले नै हेर्ने भएको छ ।

यससँगै रिटहरूलाई हेर्दाहेर्दैको स्थितिमा राखेर शुक्रवारको सुनुवाइ सकिएको रिट निवेदकमध्येका एक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले लोकान्तरलाई जानकारी दिए ।

अधिवक्ता त्रिपाठीका अनुसार अर्को सुनुवाइ आइतवार हुने गरी तोकिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा भएको सुनुवाइमा शुक्रवार सरकार पक्षका वकिलहरूले बहस गरेका थिए ।

साथै सर्वोच्चले सहयोगीका रूपमा बोलाएको एमिकस क्युरीका सदस्यहरूले समेत सुझाव पेश गरेका थिए ।

प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरूमाथि सुनुवाइका लागि प्रधानन्यायधीश जबराको नेतृत्वमा गठित संवैधानिक इजलासमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् । 

शुक्रवारसम्मको बहस रिटहरूको सुनुवाइ संवैधानिक इजलासमा गर्ने कि बृहत पूर्ण इजलासमा लैजाने भन्नेमै केन्द्रित थियो । 

मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्या भण्डारीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरी वैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचनको मिति घोषणा गरेकी थिइन् ।

त्यसविरुद्ध नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ र अधिवक्ताहरू गरी १२ जनाले रिट दायर गरेका थिए ।

पुस ८ गते प्रधानन्यायाधीश राणाको एकल इजलासले प्रतिनिधि सभा विघटन विरुद्धका रिटलाई संवैधानिक इजलासमा पठाएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्