०२ असार २०८३, मंगलबार

ओली गुटले जनादेश मिचेको छ : पूर्व मन्त्री पुन

ओली गुटले जनादेश मिचेको छ : पूर्व मन्त्री पुन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षीय नेता तथा पूर्व मन्त्री वर्षमान पुन ‘अनन्त’ले प्रधानमन्त्री केपी शर्मा ओलीको गुटले जनादेश मिचेको बताएका छन् ।

नेकपा दाङले तुलसीपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पुनले भने, ‘ओली गुटले जनादेश मिचेको छ, ५ वर्षका लागि जनताले दिएको जनादेश विघटन गरेको छ ।’

अब एकीकृत नेकपालाई जनताको पार्टी र क्रान्तिकारी पार्टी बनाउन सबै लाग्नुपर्ने नेता पुनले बताए । ‘हामी सबैले प्रतिनिधिसभा विघटनको कदमको प्रतिवाद गर्नुपर्छ,’ उनले भने ।

मदन भण्डारी फाउन्डेसनको नाममा देशभर संगठन बनाएर ओली गुटले समानान्तर पार्टी बनाउन खोजेको समेत नेता पुनले आरोप लगाए । ‘फाउन्डेसनबाट गुट बलियो बनाएर पूर्व एमाले र पूर्व माओवादीका नाममा विवाद बढाउने योजना बन्यो,’ उनले भने ।

ओली सरकारका कदमहरू लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशिता, सामाजिक न्यायविरुद्ध देखिएका पुनले आरोप लगाए ।

salt training

कमेन्ट गर्नुहोस्