×

NMB BANK
NIC ASIA

फिल्म हलका ढोकातिर दर्शक आकर्षित

तमिलमा खचाखच, नेपालीलाई दर्शकले पत्याएनन्

माघ ३, २०७७

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

बिहीवारदेखि देशभरका फिल्म हलमा चलचित्र प्रदर्शन शुरू भएको छ । १५० जति हलका गेट खुला भएका छन् ।

Muktinath Bank

शिव श्रेष्ठले निर्माण गरेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ र बलिउडको ‘मास्टर’ चलचित्र प्रदर्शनमा आएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर १० महिनापछि खुलेका फिल्म हलमा नेपाली चलचित्रलाई दर्शकले खासै चासो नदिएको पाइएको छ । पहिलो र दोस्रो दिनको शो हेर्न दर्शकमा उत्साह देखिएन । शनिवार के कस्तो व्यापार हुन्छ हेर्न बाँकी छ । तथापि ‘मास्टर’का धेरैजसो शोहरू भरिभराउ रहेका हल सञ्चालकको भनाइ छ ।


Advertisment
Nabil box
Kumari

५ भाषामा निर्माण गरिएको तमिल चलचित्र ‘मास्टर’का लागि टिकट नपाएर दर्शकलाई फर्कानुपर्ने अवस्था आइपरेको लबिम मलले जनाएको छ । नेपाली चलचित्र प्रदर्शनमा रहेका अधिकांश हलमा ५–७ जना दर्शक मात्रै आइरहेकाले अब नेपाली शो हटाएर ‘मास्टर’ लगाउने तयारीमा रहेको क्युएफक्सले जनाएको छ ।

Vianet communication
Laxmi Bank

मास्टरका हरेक दिनका बुकिङ ‘हाउसफुल’ देखिए पनि नेपाली चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’मा दर्शकको पातलो उपस्थितिले नेपाली चलचित्रप्रति दर्शकको चासो अझै नबढेको महसूस गरिएको छ । 

अहिले विगतमा जस्तो दर्शक प्रवेश गराउन पाइँदैन । ५० प्रतिशत दर्शक मात्रै राख्न पाइने नियमअनुसार देशभरका अधिकांश हलमा तमिलको शो भरिभराउ छ ।

एउटा यस्तो प्रेम कहानीका प्रस्तुतकर्ता तथा कलाकार शिव श्रेष्ठले महामारीपछि नेपाली चलचित्र उद्योगलाई चलायमान गराउन जोखिम मोलेको प्रतिक्रिया दिँदै दर्शकको उपस्थिति सन्तोषजनक रहेको दाबी गरे । मनोज राठी र उनको टीमले मास्टर नेपाल ल्याएको हो । तर शिव श्रेष्ठको टीमले देशका केही स्थानमा हार्डडिक्समा फिल्म समय नपठाउँदा एउटा यस्तो प्रेम कहानी हेर्न नपाएको प्रतिक्रिया दिएको छ ।

यस विषयमा खुलेर केही नबोले पनि हल सञ्चालकको लापरवाही नभएको खण्डमा नेपाली चलचित्रले उत्साजनक व्यापार गर्नेमा आफू विश्वस्त रहेको उनले बताए । बानेश्वरस्थित वान सिनेमाले समेत पहिलो दिनदेखि बाहिरको चलचित्र हेर्न भीडभाड रहे पनि नेपाली चलचित्रमा दर्शक नआएको बताएको छ ।

लबिम मलको क्युएफएक्समा पहिलो दिन ‘एउटा यस्तो प्रेम कहानी’का २ वटा शो राखिएका थिए । बिहान ११ बजे निर्माण टोलीको विशेष प्रिमियर शो थियो । शोमा पाहुनाहरू राम्रै उपस्थित भए पनि दिउँसो ३ बजेको शोमा १५–२० जनाको हाराहारी मात्रै दर्शक उपस्थित भए । 

क्युएफएक्सका प्रमुख कार्यकारी अधिकृत रोशन अडिगाले देशभरका क्युएफएक्सका शाखामा दर्शकको उपस्थित निकै राम्रो रहेको प्रतिक्रिया दिए ।

उनले भने, ‘स्वाभाविकै हो, नेपाली चलचित्रमा भन्दा तमिलामा धेरै उपस्थित छ । यो पहिलेदेखिको नेपालीको स्वभाव हो । तर जुन शो हेर्न दर्शक आए पनि यसले समग्र चलचित्र उद्योगलाई चलायमान बनाउनुका साथै हलमा दर्शक आकर्षिक हुने बाटो खुला भएको छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x