२६ असार २०८३, शुक्रबार

फिल्म हलका ढोकातिर दर्शक आकर्षित

तमिलमा खचाखच, नेपालीलाई दर्शकले पत्याएनन्
माघ ३, २०७७
फिल्म हलका ढोकातिर दर्शक आकर्षित
प्रतिकात्मक तस्वीर

बिहीवारदेखि देशभरका फिल्म हलमा चलचित्र प्रदर्शन शुरू भएको छ । १५० जति हलका गेट खुला भएका छन् ।

शिव श्रेष्ठले निर्माण गरेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ र बलिउडको ‘मास्टर’ चलचित्र प्रदर्शनमा आएका छन् ।

तर १० महिनापछि खुलेका फिल्म हलमा नेपाली चलचित्रलाई दर्शकले खासै चासो नदिएको पाइएको छ । पहिलो र दोस्रो दिनको शो हेर्न दर्शकमा उत्साह देखिएन । शनिवार के कस्तो व्यापार हुन्छ हेर्न बाँकी छ । तथापि ‘मास्टर’का धेरैजसो शोहरू भरिभराउ रहेका हल सञ्चालकको भनाइ छ ।

५ भाषामा निर्माण गरिएको तमिल चलचित्र ‘मास्टर’का लागि टिकट नपाएर दर्शकलाई फर्कानुपर्ने अवस्था आइपरेको लबिम मलले जनाएको छ । नेपाली चलचित्र प्रदर्शनमा रहेका अधिकांश हलमा ५–७ जना दर्शक मात्रै आइरहेकाले अब नेपाली शो हटाएर ‘मास्टर’ लगाउने तयारीमा रहेको क्युएफक्सले जनाएको छ ।

मास्टरका हरेक दिनका बुकिङ ‘हाउसफुल’ देखिए पनि नेपाली चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’मा दर्शकको पातलो उपस्थितिले नेपाली चलचित्रप्रति दर्शकको चासो अझै नबढेको महसूस गरिएको छ । 

अहिले विगतमा जस्तो दर्शक प्रवेश गराउन पाइँदैन । ५० प्रतिशत दर्शक मात्रै राख्न पाइने नियमअनुसार देशभरका अधिकांश हलमा तमिलको शो भरिभराउ छ ।

एउटा यस्तो प्रेम कहानीका प्रस्तुतकर्ता तथा कलाकार शिव श्रेष्ठले महामारीपछि नेपाली चलचित्र उद्योगलाई चलायमान गराउन जोखिम मोलेको प्रतिक्रिया दिँदै दर्शकको उपस्थिति सन्तोषजनक रहेको दाबी गरे । मनोज राठी र उनको टीमले मास्टर नेपाल ल्याएको हो । तर शिव श्रेष्ठको टीमले देशका केही स्थानमा हार्डडिक्समा फिल्म समय नपठाउँदा एउटा यस्तो प्रेम कहानी हेर्न नपाएको प्रतिक्रिया दिएको छ ।

यस विषयमा खुलेर केही नबोले पनि हल सञ्चालकको लापरवाही नभएको खण्डमा नेपाली चलचित्रले उत्साजनक व्यापार गर्नेमा आफू विश्वस्त रहेको उनले बताए । बानेश्वरस्थित वान सिनेमाले समेत पहिलो दिनदेखि बाहिरको चलचित्र हेर्न भीडभाड रहे पनि नेपाली चलचित्रमा दर्शक नआएको बताएको छ ।

लबिम मलको क्युएफएक्समा पहिलो दिन ‘एउटा यस्तो प्रेम कहानी’का २ वटा शो राखिएका थिए । बिहान ११ बजे निर्माण टोलीको विशेष प्रिमियर शो थियो । शोमा पाहुनाहरू राम्रै उपस्थित भए पनि दिउँसो ३ बजेको शोमा १५–२० जनाको हाराहारी मात्रै दर्शक उपस्थित भए । 

क्युएफएक्सका प्रमुख कार्यकारी अधिकृत रोशन अडिगाले देशभरका क्युएफएक्सका शाखामा दर्शकको उपस्थित निकै राम्रो रहेको प्रतिक्रिया दिए ।

उनले भने, ‘स्वाभाविकै हो, नेपाली चलचित्रमा भन्दा तमिलामा धेरै उपस्थित छ । यो पहिलेदेखिको नेपालीको स्वभाव हो । तर जुन शो हेर्न दर्शक आए पनि यसले समग्र चलचित्र उद्योगलाई चलायमान बनाउनुका साथै हलमा दर्शक आकर्षिक हुने बाटो खुला भएको छ ।’

salt training

कमेन्ट गर्नुहोस्