
काठमाडौं ३ जेठ– काठमाडौं महानगरपालिकाको मेयरका लागि जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार राजुराज जोशीले मतअन्तर घटाएका छन् ।
बुधवार बिहान साढे ११ बजेको नतिजा अनुसार एमालेका विद्यासुन्दर शाक्यले १ हजार ३ सय ८६ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका राजुराज जोशीले १ हजार १ सय ७७ मत प्राप्त गरेका छन् ।
एमाले र काग्रेसको मतअन्तर २ सय ९ छ । विवेकशील नेपाली पार्टीकी रञ्जु दर्शनाले ६ सय ८३ तथा साझा पार्टी समिर्थित किशोर थापाले ५ सय १८ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका सर्वोत्तम डंगोलले १ सय ५९ मत ल्याएका छन ।