०६ असार २०८३, शनिबार

प्रचण्डको दाबी– 'जनताले होइन, पार्टीले बनाएको हो ओलीलाई प्रधानमन्त्री'

प्रचण्डको दाबी– 'जनताले होइन, पार्टीले बनाएको हो ओलीलाई प्रधानमन्त्री'
फाइल फोटो

नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई जनताले नभई पार्टीले प्रधानमन्त्री बनाएको दाबी गरेका छन् ।

पार्टीले प्रधानमन्त्री बनाएको र पार्टीको योजनाअनुसार काम नगरेकाले हटाउने तयारी भएको उनले दाबी गरे । 

आफूपक्षीय युवा संघका कार्यकर्ताको बैठकलाई आइतवार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारीको कम्युनिस्ट आदर्शलाई उल्लंघन गरेका कारण ओलीमाथि कारवाही गरिएको बताएका हुन् ।

‘तपाईंलाई जनताले प्रधानमन्त्री बनाएको होइन, जनताले निर्वाचित गर्दैमा प्रधानमन्त्री बनिने भए प्रतिनिधि सभाका २७५ जना नै प्रधानमन्त्री बन्ने थिए,’ प्रचण्डले भने, ‘तपाईंलाई पार्टीले प्रधानमन्त्री बनाएको थियो । पार्टीले चाहेपछि तपाईंलाई फेर्न खोजिएको हो । अनुशासनमा राख्ने, नभए कारवाही गर्ने तयारी थियो ।’ 

प्रचण्डले आफूहरू केपी ओलीभन्दा पनि ओली प्रवृत्तिविरुद्ध आन्दोलनमा होमिएको बताए ।

‘हामीले लडेर ल्याएको परिवर्तनको दस्तावेजीकरणको रूपमा रहेको संविधानमाथि प्रहार गर्दा सिंगै देश स्तब्ध भयो, त्यसैले हामी आन्दोलनमा जानुपर्‍यो,’ उनले भने । 

salt training

कमेन्ट गर्नुहोस्