०८ साउन २०८३, शुक्रबार

सर्वोच्चमा वरिष्ठ अधिवक्ता पोखरेलको जिकिर– प्रचण्ड-माधवले असहयोग गर्दैमा संसद् विघटन हुन सक्दैन

सर्वोच्चमा वरिष्ठ अधिवक्ता पोखरेलको जिकिर– प्रचण्ड-माधवले असहयोग गर्दैमा संसद् विघटन हुन सक्दैन

वरिष्ठ अधिवक्ता सुनिल पोखरेलले पार्टीभित्रको विवादलाई देखाएर संसद् विघटन गर्न नमिल्ने जिकिर गरेका छन् ।

प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरूमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आइतवार भएको सुनुवाइमा बहस गर्दै पोखरेलले यस्तो जिकिर गरेका हुन् ।

'प्रचण्ड-नेपाल (पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल) ले असहयोग गर्दैमा संसद् विघटन हुन सक्दैन,' उनले भने ।

प्रतिनिधि सभा विघटनविरुद्धका रिटहरूमाथि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।

इजलासमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् । 

salt training

कमेन्ट गर्नुहोस्