०२ साउन २०८३, शनिबार

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा अनलाइनबाटै अपोइन्टमेन्ट लिन सकिने

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा अनलाइनबाटै अपोइन्टमेन्ट लिन सकिने

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र कोजेन्ट हेल्थले नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको सहकार्यमा शुरू गरेको ई–अपोइन्टमेन्ट प्लेट फर्ममा आबद्ध भएको छ । 

ई– अपोइन्टमेन्ट सेवा दिने विषयमा शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका तर्फबाट मेडिकल डाइरेक्टर डा. चन्द्रमणी अधिकारी र कोजेन्ट हेल्थका तर्फबाट प्रबन्ध निर्देशक डेनियल डि श्रेष्ठले हस्ताक्षर गरेका छन् ।  

सम्झौतासँगै शहीद गंगालाल अस्पतालमा उपचार गर्न तथा डाक्टरसँगको परामर्शका लागि इसेवा मोबाइल एप्लिकेशन मार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिनेछ । 

बिरामीले घरबाटै अपोइन्टमेन्ट लिने र भुक्तानी गर्न सकिने हुँदा अस्पतालमा लाइन लाग्नुपर्ने झञ्झटबाट मुक्ति पाउनुका साथै समयको समेत बचत हुने इसेवाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्