१५ असार २०८३, सोमबार

टाउको चिलाएको छ, लाठी खान मन छ– प्रचण्ड

टाउको चिलाएको छ, लाठी खान मन छ– प्रचण्ड

पूर्व प्रधानमन्त्री एवं नेकपा (प्रचण्ड–नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा गिरिजाप्रसाद कोइराला जस्तै यसपटक आफूलाई आन्दोलनमा टाउकोमा लाठी खान मन लागेको बताएका छन् ।

उनले प्रतिक्रान्तिकारीको मुटु हल्लिने खालको आन्दोलन गर्न युवा तथा विद्यार्थीलाई आग्रह गरे ।

आफूपक्षीय विद्यार्थी संगठन अनेरास्ववियुको कार्यक्रमलाई आइतवार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले माघ ९ गते काठमाडौंमा हुने प्रदर्शनमा आफू अग्रपंक्तिमा बस्ने बताए । 

‘प्रतिक्रान्तिकारीहरूको मुटु हल्लिने आन्दोलन चाहियो । ९ गते अलिकति म्यासिभ्ली जाने सोचेका छौं । अग्रपंक्तिमा हामी हुन्छौं र हिजो गिरिजाप्रसाद कोइराला, माधवजी र झलनाथजीले जस्तै लाठी खान मन छ । मलाई किन–किन टाउको चिलाएको छ । तपाईंहरू पछाडि बस्दा लाठी खान मन छ, त्यो स्प्रिटमा छु,’ प्रचण्डले भने ।

प्रचण्डले देशलाई अँध्यारो सुरुङमा धकेल्ने षडयन्त्र भइरहेको आरोप लगाए । ‘निकै ठूलो षडयन्त्र भएको छ, देशलाई अँध्यारो सुरुङमा धकेल्न सेटिङ भन्ने डरलाग्दो शब्द प्रयोग भइरहेको छ,’ प्रचण्डले भने ।

salt training

कमेन्ट गर्नुहोस्