१४ असार २०८३, आइतबार

चुनावका लागि सम्भावित मतदान स्थलको अनुगमन

माघ ५, २०७७
चुनावका लागि सम्भावित मतदान स्थलको अनुगमन

सरकारले प्रतिनिधिसभा विघटन गरी विक्रम संवत् २०७७ वैशाख १७ र २७ गते निर्वाचन गर्ने घोषणा गरेसँगै जिल्लामा निर्वाचन लक्षित सम्भावित मतदान स्थल र केन्द्रहरूको अनुगमन शुरू भएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको संयोजकत्वमा गठित जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिले आइतवारदेखि अनुगमन शुरू गरेको हो । 

समितिले बिर्तामोड, अर्जुनधारा, दमक, शिवसताक्षी नगरपालिका, कमल र बाह्रदशी गाउँपालिकाका मतदान स्थल र केन्द्रको अनुगमन गरिसकेको समितिका संयोजक तथा प्रजिअ तिम्सिनाले बताए ।

समितिमा राजनीतिक दलका प्रमुख, सुरक्षा निकायका प्रमुख र निर्वाचन अधिकारी, पालिकाका प्रमुख रहेका उनको भनाइ छ । 

उनले विगतमा झापामा २८३ मतदान स्थल र ६९२ मतदान केन्द्र रहेकामा यसपालि केही थप हुने बताए । विगतमा एउटै मतदान स्थलमा ८ वटासम्म मतदान केन्द्र हुने गरे पनि यसपटक ७ वटा भन्दा बढी राख्न नमिल्ने उनको भनाइ थियो । 

उनले सबै पालिकाका मतदातालाई सहज हुने गरी मतदान स्थल र मतदान केन्द्र थपका लागि केन्द्रमा सिफारिस गरिने बताए । मतदात स्थल र केन्द्र थपका लागि राजनीतिक दल र स्थानीय तहसँग छलफल समेत भइरहेको उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्