१५ असार २०८३, सोमबार

अवैध रूपमा काठ ओसारपसारमा संलग्न ७ जना पक्राउ

माघ ५, २०७७
अवैध रूपमा काठ ओसारपसारमा संलग्न ७ जना पक्राउ
प्रतिकात्मक तस्वीर

नुवाकोटको बेलकोटगढी नगरपालिका–५ दुईपिपलको कोल्पुटारबाट अवैधरूपमा लैजान लागिएको साल र फडिरको २३ गोलिया काठसहित नुवाकोट प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । 

सोमवार राति लैजान लागिएको अवैध सालको काठ २० गोलिया र फडिरको काठ ३ गोलिया गरेर ४४ घनफिट काठसहित काठ बोक्ने गाडी र संलग्न ७ व्यक्ति पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख तुलबहादुर कार्कीका अनुसार अस्थायी प्रहरी पोस्ट कोल्पुटारबाट खटिएको प्रहरीले अवैध काठ ओसारपसारमा संलग्नलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय नुवाकोटमार्फत डिभिजन वन कार्यालय नुवाकोटमा बुझाइएको छ । 

काठ ओसारपसारमा प्रयोग भएको प्रदेश नम्बर ३ उल्लेखित ०१–०२४ च ४२७० नम्बरको बोलेरो गाडी र संग्लग्न व्यक्तिलाई वन ऐनअनुसार कारवाही चलाउन लागिएको डिभिजन वन कार्यालय नुवाकोटले जनाएको छ । वन कार्यालयको अनुमति नभई ओसारपसार गर्न नपाइने व्यवस्था भएको र रातको समयमा लुकाई लैजान लागेको काठ अवैध पाइएसँगै उनीहरुलाई जिल्ला अदालत नुवाकोटमार्फत कारवाही अघि बढाउन लागिएको कार्यालयका सूचना अधिकारी तुलाराम घिमिरेले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्