१५ असार २०८३, सोमबार

बलात्कार गरेको आरोपमा १ पुरुष पक्राउ

माघ ५, २०७७
बलात्कार गरेको आरोपमा १ पुरुष पक्राउ
प्रतिकात्मक तस्वीर

बलात्कार गरेको आरोपमा प्रहरीले हुम्लामा १ पुरुषलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–२ च्यादुक गाउँका फरक क्षमता भएका ४५ वर्षीय पुरुषलाई सोही गाउँकी ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ ।

माघ १ गते च्यादुक गाउँमा आफूलाई बलात्कार गरेको भन्दै प्रहरीलाई उजुरी दिएपछि ती पुरुषलाई धारापोरी प्रहरी चौकीको टोलीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सिमकोटमा पुर्‍याएको जिल्ला प्रहरी हुम्ला स्रोतले जानकारी दिएको छ ।

आरोपित पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धानको प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।

ती पीडित महिलाको माघ २ गते जिल्ला अस्पताल हुम्लामा स्वास्थ्य परीक्षण गरिएको जिल्ला अस्पताल हुम्लाले स्रोतले बताएको छ । 

salt training

कमेन्ट गर्नुहोस्