![लामो समयपछि प्रकाशित भयो लोडसेडिङ तालिका, दैनिक ९ घण्टासम्म बत्ती जाने [तालिकासहित]](https://lktcdn2.prixacdn.net/media/loadshedding_X2WslAxVXH_NvEG8mbQ9B.png)
नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रले लोडसेडिङ तालिका प्रकाशित गरेको छ ।
उक्त वितरण केन्द्रद्वारा बिजुली वितरित क्षेत्रलाई २ भागमा विभाजित गरी लोडसेडिङ तालिका प्रकाशित गरिएको हो ।
समूह (क ) मा टुँडिखेल, बाहिनी, महतगाउँ, मिचा, गैरागाउँ र हस्पिटल क्षेत्र छन् । यसैगरी समूह (ख) मा विजयनगर ठूलो, विजयनगर सानो, बोहोरागाउँ र बसपार्क छन् ।
समूह (क) मा बेलुका साढे ९ देखि १२ बजे र १२ देखि १२:३० सम्म २ पटकमा गरी ३ घण्टा र समूह (ख) मा दिउँसो १२ : ३० देखि २१:३० सम्म गरी दैनिक ९ घण्टा लोडसेडिङ हुनेछ ।
प्रत्येक साता समूह परिवर्तन हुनेछ अर्थात् यो साता समूह (क) मा रहेको क्षेत्र अर्को साता समूह (ख) मा पर्ने प्राधिकरणले जनाएको छ ।
नेपालमा लोडसेडिङ अन्त्य भएको लामो समयपछि तालिका नै प्रकाशित गरेर लोडसेडिङ हुन लागेको हो ।
हेर्नुहोस्, तालिका :
