२६ असार २०८३, शुक्रबार

आगलागीबाट चार घर नष्ट

आगलागीबाट चार घर नष्ट

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकास्थित सकरदही टोलमा  आगलागी हुँदा चार घर जलेर नष्ट भएको छ ।

कङ्कालिनी–२ सकरदही निवासी जगन सुतिहारको गाईगोठबाट शुरु भएको आगलागीमा परी  नारायण सुतिहार, दुर्गानन्द सुतिहार र सुमित मगरदैताको घर आज विहान जलेर नष्ट भएको वडाध्यक्ष सन्तोष गोइत यादवले जानकारी दिए ।  

आगलागीबाट खाद्यन्न, लत्ताकपडा, नगद जिन्सी र भाँडाकुडा गरी करिव रु २० लाख मूल्य भन्दा बढीको क्षति भएको उहाँले बताउनुभयो । आगलागीलाई स्थानीयवासी  बारुणयन्त्र, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोलीले  नियन्त्रणमा लिएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्