२१ असार २०८३, आइतबार

'ताण्डव' वेब सिरीजले हिन्दूहरूको भावना आहत गरेको भन्दै उजुरी दायर

माघ ५, २०७७
'ताण्डव' वेब सिरीजले हिन्दूहरूको भावना आहत गरेको भन्दै उजुरी दायर

सैफ अली खानको प्रमुख भूमिका रहेको ताण्डव वेब सिरीजले हिन्दू समुदायको भावनालाई आहत गरेको भन्दै सिरीज बनाउने अमेजन प्राइमकी भारत शाखा प्रमुख अपर्णा पुरोहितविरुद्ध लखनउमा उजुरी दायर गरिएको छ । 
 

सिरीजका निर्देशक अली अब्बास जाफर, निर्माता हिमांशु कृष्ण मेहरा, लेखक गौरव सोलंकी र अन्यको नाम पनि उजुरीमा उल्लेख गरिएको छ । उनीहरूविरुद्ध धार्मिक भावना आहत गरेको आरोप छ । 

भारतको सूचना तथा प्रसारण मन्त्रालयले अमेजन प्राइमसँग स्पष्टीकरण मागेको त्यहाँका अधिकारीहरूले बताएका छन् । 

भारतीय जनता पार्टीका दुई नेताहरूले ताण्डवका विषयमा आपत्ति व्यक्त गरिसकेका छन् । मनोज कोटकले सूचनामन्त्री प्रकाश जवादकरलाई पत्र लेख्दै सिरीजमाथि प्रतिबन्धको माग गरेका छन् । अर्का नेता राम कदमले मुम्बईको घाटकोपर प्रहरी चौकीमा उजुरी दर्ता गराएका हुन् । 

कदमले ओभर द टप प्ल्याटफर्महरूलाई सेन्सरशिपको दायरामा ल्याउन समेत माग गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्