२२ जेठ २०८३, शुक्रबार

प्रेमीलाई भेट्न नदिँदा छोरीले मारिन् पितालाई, दुर्गन्ध रोक्न छरिन् पर्फ्युम

चैत १९, २०७७
प्रेमीलाई भेट्न नदिँदा छोरीले मारिन् पितालाई, दुर्गन्ध रोक्न छरिन् पर्फ्युम

भारतको मध्य प्रदेशमा रहेको बैतूलमा मुटु कँपाउने घटना भएको छ । 

एक नाबालिग छोरीले आफ्नो प्रेमी र साथीहरूसँग मिलेर पिताको हत्या गरेकी छन् । 

मृतक श्रीराम हुरमाडेले ती बालिकालाई धर्मपुत्री बनाएका थिए । 

प्रहरीका अनुसार, ती नाबालिग किशोरीलाई पिताले प्रेमीसँग मोबाइलमा कुरा गर्न दिँदैनथिए । अनि सँगै घुम्न जान पनि दिँदैनथिए । 

त्यसपछि धर्मपुत्रीले पिताको हत्या गरिन् र शवलाई कम्बलमा बेरेर घरपछाडिको झुप्रोमा लुकाइन् । 

प्रहरीले ती नाबालिग किशोरीका साथै अन्य तीन आरोपित अनवर खान, शिखर र अनिल सोनारियालाई पक्राउ गरेको छ । 

मृतक श्रीरामका साला बबलू नागलेले भिनाजुसँग दिनदिनै कुरा हुने गरेको तर १२ जनवरीदेखि कुरा हुन नसकेको भनी प्रहरीलाई खबर गरेका थिए । अनि श्रीरामको घर रहेको सुभाष नगरमा छिमेकीहरूले दुर्गन्ध आइरहेको पनि बताएका थिए । 

त्यसपछि प्रहरीले खोजतलास गर्दा श्रीरामको टाउकोमा चोट लागेको र घाँटी रेटिएको पाए । 

सोधखोज गर्दा छोरी र उसका साथी दोषी पाइए । उनीहरूले लाशबाट दुर्गन्ध नआओस् भनी पर्फ्युम समेत छर्केका थिए । 

salt training

कमेन्ट गर्नुहोस्